‘प्रेम दिवस’को पहिलो गीत ‘तिम्रो छेउ सरुँ कि म’ सार्वजनिक

- मेराेफिल्म

रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशन रहेको फिल्म ‘प्रेम दिवस’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनीक गीतमा ‘तिम्रो छेउ सरुँ कि म’ अन्जु पन्तको स्वर समावेश छ भने शब्द, संगीत महाराज थापाको रहेको छ । सार्वजनिक गीतको भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा नायिका प्रियंका कार्की फिचर्ड छिन् ।

म्युजिकल लभ स्टोरी समेटिएको फिल्ममा प्रियंका कार्कीसंगै आयुष्मन देशराज जोशी, नव-नायक विशाल खरेल लगायतको मुख्य भूमिका रहेको फिल्म आगामी बर्ष ७६को जेठ ७ गते देखी प्रदर्शनमा आउने छ । प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन रहेको छ ।

२०७५ माघ ७ गते १६:४२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *