एकल साँझमा गुञ्जिए मनराजा नकर्मी

- मेराेफिल्म

नेपाली सांगीतिक क्षेत्रमा ३ दशक लामो यात्रा तय गरेका वरिष्ठ संगीतकार मनराजा नकर्मीको एकल साँझ भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको एकल साँझमा नकर्मीद्वारा संगीतबद्ध उत्कृष्ट गीतहरु प्रस्तुत गरिएको थिए । नकर्मीको एकल साँझमा दिनेशराज रेग्मीको संयोजकत्वमा २० जना वाद्यवादकहरुका साथमा लोकप्रिय गायक गायिकाहरुले नेपाली तथा नेपाल भाषाका गरी करिब २१ उत्कृष्ट गीतहरु प्रस्तुत गरेका थिए ।

नकर्मीद्वारा संगीतबद्ध विभिन्न गीतहरु चर्चित गायक गायिकाहरु दुर्गालाल श्रेष्ठ, भीमबहादुर नकर्मी, डा. रामविक्रम सिँजापति, डा. कृष्णहरि बराल, नातिबज्र, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेशकुमार कार्की, डा. दीर्घ्सिंह बम, आनन्दरत्न बज्राचार्य, डा. सुनलाल थापा, हेमन्त विवश, राजकुमार श्रेष्ठ, निर्मलरत्न शाक्य, रमेश गाउँले, देवदत्त भट्ट, तुलसी महर्जनका रचनाहरु मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ती मोक्तान, धनबहादुर गोपाली, जुजुकाजी रन्जित, स्वयम्भूराज शाक्य, निशा देसार, टीका प्रसाइँ, संगीता थापा शाक्य, यम बराल, आनन्द कार्की, विश्व नेपाली, दीपक लिम्बू, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, रामचन्द्र काफ्ले, सरीता शाही, मेनुका पौडेल र प्रकाश तिमल्सिनाले प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा संगीतकार नकर्मीकी सुपुत्री नायिका आशिष्मा नकर्मी सहितका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

संगीतकार नकर्मीले हालसम्म नेपाली भाषाका १३ ओटा गीतिसंग्रह, नेपालभाषाका ९, तीनओटा धूनसंग्रह, ८ ओटा चलचित्रमा संगीत दिइसकेका छन् । तबलावादनका ‘गोल्ड मेडलिस्ट’ नकर्मी संगीत महर्षी नातिकाजी सम्मान २०७५ लगायत थुप्रै पुरस्कार तथा सम्मानहरुबाट सम्मानित भइसकेका छन् । हाल रेडियो नेपालमा मुख्य संगीत संयोजककारुपमा सेवारत नकर्मीको यो सेवा अवधि नै तीन दशक पार भइसकेको छ ।

२०७५ माघ ७ गते १८:२२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *