अर्पण, सुरक्षा र बेनिशाको ‘घर’ छायांकन सुरु

डीएस डिजिटलको ब्यानरमा बन्न लागेको फिल्म ‘घर’को छायांकन सुरु भएको छ । पूर्णतया हरर कथामा निर्माण हुने फिल्ममा अभिनेता अर्पण थापा, अभिनेत्री द्वय सुरक्षा पन्त र वेनिशा हमालसंगै अस्मिता खनालको मुख्य भूमिका रहनेछ ।

सोमबार काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । शर्मिला पाण्डेको निर्माण रहने फिल्म अभिनेता तथा निर्देशक अर्पण थापाले निर्देशन गर्दै छन् भने सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् ।

फिल्मको कथा समेत अर्पणले नै लेखेका हुन् । निरज कँडेलको छायांकन रहने फिल्म करिब २० दिन लगाएर खिचिनेछ ।