वरिष्ठ कलाकार गणेश मुनालको निधन

वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको निधन भएको छ । दमका रोगी मुनालको सोमबार काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनले प्रेमयुद्ध, दिदी बहिनी, मिस्टर डन, सेतो बाघ, लभ लभ लभ, घामपानी लगायतका चलचित्र तथा चर्चित हाँस्य टेलिचलचित्र ‘तितो सत्य’ लगायतमा अभिनय गरेका थिए । उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘गोपी’ प्रदर्शनको तयारीमा छ । मुनालको पार्थिव शरीरलाई सोमबार नै दाहसंस्कारको लागि पशुपति आर्यघाटमा लगिएको छ ।