आशिरमानले फ्लपको जिम्मा नलिने, अनी शाहरुख–आमिरको कुरा गर्ने ?

अभिनेता आशिरमान देशराज जोशीले फिल्म ग्याङस्टार ब्लूजको जिम्मा लिन मानेनन् । किनकी, उनको यो पहिलो फिल्म थियो र यो चलेन । उनी अहिले निर्देशक हेमराज वीसीकै दोश्रो फिल्म ब्रेकअपमा काम गरिरहेका छन् ।

उनी, फिल्म चल्नु र नचल्नुको पछि कथावस्तुको हात हुने बताउँछन् । तर, यसो भनिरहँदा उनलाई बलिउडका सुपरस्टारहरु आमिर खान र शाहरुख खानको पनि याद आउँछ । जसको फिल्म गत बर्ष चलेन ।

तर, शाहरुख र आमिर खानले आफूले अभिनय गरेका फिल्म नचल्दा जिम्मेवारी लिएका छन् । तर, आशिरमान यसका लागि तयार छैनन् । उनी शाहरुख र आमिरसँग पैसा भएको, उनीहरु ठूलो स्टार भएको भन्न पछि पनि पर्दैनन् । तर, आफ्नो करिअर बल्ल सुरु भएको सोच पनि उनको छ ।

यसो भनिरहँदा आशिरमानले शाहरुख र आमिरको फिल्म त फ्लप हँदो रहेछ मेरो किन हुँदैन भनेर चित्त पनि बुझाउने, फेरी फिल्म नचल्दा जिम्मा पनि लिन नमान्ने । कि शाहरुख र आमिरसँग आफूलाई तुलना नै नगर्नु, कि फिल्म नचल्दा मेरो कारणले पनि चलेन है भनेर ठूलो छाती बनाउन सिक्नु । दुबै नगर्ने भए त किन बलिउड स्टारसँग आफूलाई दाँज्नु, होइन र आशिरमान जी ?