परमिता र करिश्माको पीडा एउटै, विर्सने तरिका पनि एउटै

जब दुई जनाको पीडा एउटै हुन्छ, त्यसलाई भुलाउने तरिका पनि दुई जनाले उस्तै खोज्छन् । दुई जनाको मनमा खेलेको कुरा, भोगेको पीडा एउटै भएपछि त्यसले नजिक पनि बनाइदिन्छ । अभिनेत्रीद्धय करिश्मा श्रेष्ठ र परमिता आर एल राणाको पीडा एउटै छ । उनीहरु दुबैको अहिले ब्रेकअप भएको हो । करिश्माले मनमा राखेका प्रेमी सलोन बस्नेतसँग अलग हुनुपर्यो भने परमिता पनि हिसीसँगको प्रेममा अलग भइन् ।

यही भएर पनि होला, उनीहरुको पीडा एउटै भएकाले उनीहरु नजिकिएका ।यसैले दुइले यो ब्रेकअपलाई भुलाउनका लागि उपाय पनि एउटै खोजेका छन् । सिन्धुपाल्चोकको सुकुटे विचमा पुगेर उनीहरुले आफूहरु झनै बलियो भएको लेखेका छन् । दुबैको तस्बिर खिचाई पनि उस्तै छ ।सबै कुरा उस्तै भएपछि वुझिन्छ कि, प्रेमले यी दुइलाई दिनुसम्म पीडा दिएछ । अनी ब्रेकअपले यी दुइलाई नजिक बनाएछ । अब, करिश्मा र परमिताले ब्रेकअपको पीडा भुलाउने औषधी एउटै खोज्दा फिल्म पनि सँगै गरेर हिट हुने हो कि ?