फिल्म रिलिज भन्दा अनुसँगको प्रेममा मख्ख सविन

अभिनेता सविन श्रेष्ठलाई निर्माता हुन मन लागेको लामै भयो । निर्माता हुन मन लागेर उनले हिरो रिटन्र्स भन्ने फिल्म बनाएपनि । यो फिल्ममा सविन प्रस्तुतकर्ताको रुपमा छन् । फिल्ममा उनले अभिनेत्री रेखा थापा र कलाकार दिल श्रेष्ठलाई पनि राखेका छन् । फिल्मको द्धन्द्धका दृश्यले दर्शकलाई मोहित बनाउने उनको सोचाई पनि थियो । तर, यो फिल्म कता रोकियो रोकियो । सविनले फिल्म रिलिज नै गर्न सकेका छैनन् । अहिले यो फिल्ममा कुनै पनि कलाकारको क्रेज छैन ।

रेखा थापा पनि सेलाइन् भने सविन आफै पनि कमजोर छन् । यो डरले हो कि किन हो, उनले अहिले फिल्म नै रिलिज गर्ने आँट गर्न सकेका छैनन् । तर, फिल्म रिलिज गर्न नसकेपनि सविनलाई अहिले प्रेमिका अनुसँगको घुमघामले भने छपक्कै छोएको छ । उनी अनुसँगको प्रेममा अहिले यसरी डुबेका छन् कि, उनलाई फिल्म रिलिज गर्ने फुर्सद समेत मिलेको छैन । फिल्मको गीत, टिजर आइसक्यो । तर, सविन अहिले घरजम बसाउनमा नै मस्त छन् । निर्माता भन्दा प्रेमी हुँदा नै बढी रमाएका हुन् कि सविन ?