प्रदिपले हेमराजलाई फुर्काएको कि अनमोललाई चिडाएको ?

फागूण १७ मा अभिनेता अनमोल केसी अभिनित फिल्म क्याप्टेन आउँदैछ । अनमोलसँगको इगोकै कारण निर्देशक हेमराज वीसीले जर्बजस्ती फिल्म क्याप्टेनको मिति पनि फागूण १७ मै फाइनल गरिदिए । उनले यसो गरेपछि फिल्मकर्मी पनि २ धु्रवतिर लागेका छन् । अभिनेता प्रदिप खड्काले सामाजिक संजालमा आफ्नो बाहेक अरुका फिल्मको कुनै पनि ट्रेलरको फूलबुट्टा भरेर प्रशंसा गर्दै शेयर गरेको देखिएको छैन । तर, यसपटक उनलाई के भयो ? उनी द ब्रेकअपको ट्रेलरको प्रशंसा गरेर थाकेका छैनन् ।

एउटा कलाकारले अर्को फिल्मको प्रमोशन गर्दा खुशी त हुनुपर्छ । तर, सबैको यसै गर्दिए के हुन्थ्यो होला र ? सबैलाई थाहा छ, प्रदिप हेमराज वीसीको सिनेमामा काम गर्दैछन् । यसैले पनि उनले हेमराजलाई फुर्काउन यो काम गरेका हुन् भन्ने वुझ्न सकिन्छ । यो मितिमा अनमोल केसीको फिल्म पनि आउँदैछ । अनमोलसँग कडा टक्करमा रहेका भनिएका प्रदिपले द ब्रेकअपलाई साथ दिएर अनमोललाई चिडाउन पनि चाहन्छन् । यसैले पनि प्रदिप खड्का खुलेरै द ब्रेकअपको साथमा आएको कुरालाई नकार्न सकिदैन । प्रदिपले अरु पनि फिल्मलाई यस्तै साथ दिए त उनको भावना नै स्वच्छ रहेछ भन्ने वुझ्न सकिन्थ्यो होला । तर, उनले अब यसो गर्लान् त ?