युटुबका दर्शक हलमा कुर्दै अमृत

युटुबले धेरैलाई हिट बनायो । कतिलाई भाइरल बनायो, कतिको लाइफ बनायो । जे जे बनाएपनि थोरैलाई मात्र एउटा स्थानमा स्थापित गरायो । युटुबमा भाइरल हुँदा कतिपय मानिसहरु सबैतिर हिट छु, जता पनि फिट हुन्छु भनेर सोच्छन् । तर, त्यस्तो हुँदैन । युटुबको भ्यूज सबै ठाउँमा पाइदैन । अहिले युटुबर अमृत ढुंगानालाई यस्तै भएको छ ।

युटुबमा उनका फ्यान राम्रा छन् । उनलाई पछ्याउने पनि राम्रो संख्यामा छन् । युटुबमा बनाएको क्रेज हलसम्म पनि देखिन्छ भन्ने उनलाई लाग्थ्यो । युटुबमा राम्रो नाम कमाएका अमृतले अभिनय गरेको जय श्री दाम पानी भन्न नपाई असफल भयो । यो फिल्म नचलेपछि उनले आफ्ना फ्यानलाई फिल्मको बारेमा थाहा नै नभएको प्रतिक्रिया दिए । अमृत दर्शकले थाहा पाएको खण्डमा हलसम्म आफूलाई हेर्न आउने तर्क त गर्छन् । अहिले सय कडा दश उनको रिलिज हुँदैछ । यो सिनेमाको हल्ला राम्रै छ । अमृतका युटुबका फ्यान हलसम्म आउलान् या नआउलान्, प्रतिक्षा गरौ । तर, अमृतले वुझेका छन् फिल्मका लागि छुट्टै दर्शक तान्न पर्छ । यसैले युटुब क्रेजले नै चल्छु भनेर नबस्ने की अमृतजी ?