शोभित बस्नेतको निर्देशनमा ‘बद्री बहादुर’ निर्माण हुने

- मेराेफिल्म

निर्देशक शोभित बस्नेतको निर्देशनमा फिल्म ‘बद्री बहादुर’ निर्माण हुने भएको छ । यहि माघ ११ बाट छायांकन सुरु हुन लागेको फिल्म ‘बद्री बहादुर’लाई संचारकर्मी रबि अधिकारीले निर्माण गर्न लागेका हुन् । ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर करिब एक करोडको लगानीमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दलि हुन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् ।

फिल्म ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ ।यस फिल्म बाट राजिब जङ बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन्। फिल्ममा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत ,रामकाजी घिमिरे लेखन,शिब बिकको नूत्य निर्देशन , शंकर महर्जनको द्वन्द रहने छ ।

फिल्ममा रामजी राउत र ज्ञान कुमार मुख्य सहायक निर्देशन रहने छ । ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ । फिल्म लमजुङ्ग,काठमाडाैं ,धरान र संखुवासभाको विभिन्न ठाउमा छायांकन गरिने छ।कमेडी फिल्म ‘बद्री बहादुर’लाई तीजमा रिलिज गरिने निर्देशन बस्नेतले जानकारी दिएका छन् ।

२०७५ माघ ९ गते १६:०४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *