‘शुभ लभ’ शिर्ष गीत सार्वजनिक

- मेराेफिल्म

फिल्म शुभ लभको पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको शिर्ष गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने निशान भट्टराई र मिना निरौलाको स्वर सुन्न सकिन्छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका दुई मुख्य कलाकार ज्योतिष हरिहर अधिकारी र क्रिस्टिन पौडेल फिचर्ड छन् । ‘शुभ लभ’ दुवैको यो डेब्यु फिल्म हो । धर्मराज शर्मा सुवेदीले निर्माण गरेको फिल्मका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् भने निर्देशन सन्तोष बाबु लोहनीले गरेका हुन् । फिल्म चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदै छ ।

२०७५ माघ १० गते १२:३६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *