फिल्म ‘शुभ लभ’ र क्यूज हल बहिष्कार गर्ने चलचित्र पत्रकार संघको चेतावनी

बुधवार राजधानीको कमलादीस्थित क्यूज सिनेमामा फिल्म शुभ लभको कार्यक्रमको दौरानमा फिल्म पत्रकार माथि भएको दुर्व्यवहारप्रति चलचित्र पत्रकार संघ नेपालले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । संघले प्रेस विज्ञप्ति जारि गर्दै समाचार संकलनका क्रममा पुगेका पत्रकार तथा संघका सचिव समिर बलामीमाथि भएको घटनालाई समाचार सम्प्रेषणमा अवरोध साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भनेको छ । ‘हलका कर्मचारीको यस्तो ज्यादतीप्रति संघ घोर निन्दासहित कडा शब्दमा भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उक्त घटनाले समग्र चलचित्र पत्रकारलाई क्यूज सिनेमा हलमा आयोजना हुने र ‘शुभ लभ’ फिल्मले गर्ने प्रेसमिटमा सहभागि भएर रिपोर्टिङ गर्न असुरक्षित महसुस गराएको भन्दै क्यूज सिनेमा हल र ‘शुभ लभ’ फिल्मले अब उप्रान्त गर्ने प्रेसमिटहरुमा पत्रकारहरुको सुरक्षा प्रत्याभुतीको ग्यारेन्टी नहुँदासम्म संघसँग आवद्ध सम्पुर्ण चलचित्र पत्रकारहरु सहभागि हुन नसक्ने चेतावनी दिएको छ ।

यसै बिच फिल्म शुभ लभका प्रस्तुतकर्ता प्रदीप कुमार उदयले क्युज सिनेमामा शुभ लभ फिल्मको गीत सार्वजनिक कार्यक्रममा क्युज सिनेमाका कर्मचारीहरूबाट फिल्म पत्रकारहरु माथि भएको दुर्व्यवहार प्रति गम्भिर खेद छ भन्दै आफ्नो फिल्मको कार्यक्रममा भएको घटना प्रति सामाजिक संजाल मार्फत क्षमा मागेका छन् । क्युज सिनेमाले पनि सामाजिक संजालमा विज्ञप्ति राख्दै क्षमा मागेको छ । तर, दुवै पक्षबाट आधिकारिक धारणा नआउँदासम्म संघसँग आवद्ध सम्पुर्ण फिल्म पत्रकारहरुले शुभ लभ र क्युज हलका कार्यक्रममा सहभागि नहुने बताइएको छ ।

चलचित्र पत्रकार संघ नेपालले जारी गरेको विज्ञप्ति :

माघ ९ गते बुधबार काठमाडौं, कमलादीस्थित क्यूज सिनेमा हलमा उक्त हलका कर्मचारीबाट भएको दुव्र्यवहारप्रति चलचित्र पत्रकार संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

‘शुभ लभ’ फिल्मले आयोजना गरेको प्रेस मिटमा समाचार संकलानार्थ पुगेका पत्रकारमाथि दुव्र्यवहार हुँदा संघका सचिव बलामीले प्रतिवाद गरेका थिए । सोही क्रममा हलका कर्मचारीले उनीमाथि हातपात गर्नु समाचार सम्प्रेषणमा अवरोध साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । हलका कर्मचारीको यस्तो ज्यादतीप्रति संघ घोर निन्दासहित कडा शब्दमा भत्र्सना गर्दछ ।

यस्तो ज्यादती भइसक्दासमेत कार्यक्रम आयोजक र सिनेमा हल मौन रहनु र गम्भिर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ । यसले समग्र चलचित्र पत्रकारलाई क्यूज सिनेमा हलमा आयोजना हुने र ‘शुभ लभ’ फिल्मले गर्ने प्रेसमिटमा सहभागि भएर रिपोर्टिङ गर्न असुरक्षित महसुस गराएको छ ।

यसर्थ क्यूज सिनेमा हल र ‘शुभ लभ’ फिल्मले अब उप्रान्त गर्ने प्रेसमिटहरुमा पत्रकारहरुको सुरक्षा प्रत्याभुतीको ग्यारेन्टी गर्ने गरि दुवै पक्षबाट आधिकारिक धारणा नआउँदासम्म यस संघसँग आवद्ध सम्पुर्ण चलचित्र पत्रकारहरु सहभागि हुन नसक्ने चेतावनी दिन चाहन्छौँ ।

साथै, संघसँग आवद्ध सम्पुर्ण चलचित्र पत्रकारहरुले पनि रिपोर्टिङका क्रममा संयमित र मर्यादित भएर आफ्नो व्यवसायिक धर्म निभाइरहनेमा संघ सधैँ विश्वस्त छ ।