राजेश हमालको कपाल, छोटो त्यसै हुँदैन

अभिनेता राजेश हमालको कपालको धेरै किस्सा छन् । फिल्मको छायांकनको क्रममा अभिनेता हमाललाई अभिनय गराउन सजिलो थियो तर उनको कपाल कटाउन सजिलो थिएन । प्रहरीको भूमिकामा देखिदा पनि उनले कपाल पालेरै काम गरेका छन् । हमालको यो कामको आलोचना पनि भयो । तर, राजेश हमाललाई यस्ता कुराले फरक परेन ।

अभिनेता राजेश हमालको कपाल कटाउन निर्मातालाई सहज थिएन । फिल्म फर्की आउको छायांकनको अघि निर्माता बाबुराम दाहालले अभिनेता हमाललाई कपाल नकाटेसम्म फिल्ममा नै नलिने भनेपछि हमालले कपाल छोटो बनाएका थिए ।

अभिनेता हमाल अहिले पनि कपाल लामो बनाएर हिड्छन् । उनको कपाल उनकै मर्जी अनुसार, काटिन्छ र फालिन्छ । अभिनेता हमालले अहिले कपाल काटेका छन् । हमालले कपाल आफ्नै मर्जीले काटेका छन् ।

फेसबुकमा उनले कपाल काटेपछि मुस्कुराउँदै तस्बिर राखेका छन् । हमालले कपाल रियालिटी शो को बन्छ करोडपतिका लागि काटेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । अभिनेता राजेश हमालको कपाल फिल्ममा प्रहरी बन्दा त छोटिएको थिएन तर सायद रियालिटी शोको लागी भने काटेका छन् । अजिबको छ हमालको कपाल ।