‘प्रेमलीला’ निर्देशक माथि नायिकाले लगाइन् आर्थिक हिनामिनाको आरोप

फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमलीला’की नायिका दिपशिखा खड्काले फिल्मका निर्देशक जनक पाण्डेलाई गम्भिर आरोप लगाएकी छिन् । उनले फिल्मको आधा छायाँकन सकिन लाग्दा फिल्म छायाँकन सेट छोडेर हिँडेका निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् ।

नायिका खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै फिल्ममा लागानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायाँकनको समयमा पैसा निकाल्न नसकी आफुसँग लिएको पैसाको समेत हिसाब-किताब देखाउन नसकेर भागेको बताएकी छिन् । स्टाटसमा उनले भनेकी छिन्,’मैले बार-बार फोन सम्पर्क गरे, फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन त्यसपछी रिसले गाली गरेर म्यासेज गरे, पुलिस केस गर्ने धम्की दिए तर पनि केही सिप लागेन’ । निर्देशक पाण्डेले आफुलाई धोका दिएको कारण आफुले सुन र गाडी समेत बेच्न परेको गुनासो पोख्दै नायिका खड्काले निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफुलाई विभिन्न अपशब्द सहितका म्यासेज आएको र आफुले मानसिक तनाब भोग्नु परेको बताएकी छिन् ।

पछिल्लो समय सार्वजनिक फिल्मसँग सम्बन्धित सामाग्रीहरुमा समेत निर्देशकको नाम हटाईएको छ । ‘जसले फिल्मको छायाँकन नै पुरा गरेको छैन उसलाई निर्देशक भनेर मेरो फिल्ममा राखिरहनुको कुनैऔचित्य छैन त्यसैले मैले नाम हटाएको हुँ’, नायिका खड्काले भनिन् । निर्देशक पाण्डेका बिरुद्ध आफुले निर्माता संघ र निर्देशक संघमा निवेदन दिएको समेत खड्काले बताइन् । ‘आशा छ म एक महिला भएर नेपाली फिल्म क्षेत्रमा केहि गर्छु भन्ने सोच सहित आएको मान्छेलाई निवेदनको आधारमा सम्बन्धित संस्थाले न्याय दिलाइदिनुहुनेछ’, नायिका खड्काले भनिन् । अब फिल्मकी नायिका र निर्देशक बिचको मनमुटावले कुन रुप लिन्छ त्यो भने हेर्न बाँकी छ ।

फिल्ममा नायिका खड्कासँगै अलि खान, मौसम खड्का लगायतको अभिनय रहेको छ। प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद समेत नायिका खड्काले नै लेखिकी हुन् ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :

पैसा नहुनेले किन फिल्म बनाको त रे बुर्कुन्ची लोग्नेले पैसा फसाइदेर फरार छ मरेको बाचेको अत्तो पत्तो छैन
स्वास्निको तेस्तो #कुरो मेरो औकात थाह छ रे साला अब मेरो औकात हेर
धेरै चुप बसे म तेसै छोड्दिन मलाई मानसिक यातना भयो…

मेरो टिमको सबैलाई जान्कारी छ जनक पाण्डे आफुले पनि लगानी गर्ने शर्तमा फिल्म गरेको हो शुटिङको क्रममा एक रुपैया पनि निकाल्न नसकेर उल्टै म बाट लिएको पैसाको पनि हिसाब-किताब देखाउन नसकी भागेको हो । मैले बार-बार फोन सम्प र्क गरे,फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन तेसपछी रिसले गाली गरेर म्यासेज गरे,पुलिस केस गर्ने धम्की दिए तर पनि केहि सिप लागेन’अन्तिममा मेरो दिदिले १५ लाख दिनु भयो शुटिङ रोक्किएको थाहा पाएर तेतीले पनि पुगेन र मैले आफु सङ भएको सुन र गाडी बेचेर शुटिङ सक्काए म बिबस थिए घरमा पैसा माग्न सकिन तर मैले इज्जत फालिन कसैको पैसा खाइन फिल्मलाई पुर्ण रुप दिए अझै २०-२२ लाखको खर्च छ जती सक्छु तेती गर्छु तर मेरो औकातको कुरा गर्ने हैसियत तिमीहरु जस्तो भिकारी सङ छैन चेतना भया बिष्णु चापागाई पाण्डे ।