प्रियंकाजी, स्कुलको स्कर्ट लगाएरै चर्चा कमाउने हो ?

बिबाह गर्न लागेकी अभिनेत्री प्रियंका कार्की अब आयंका फाउन्डेशनको पनि संचालिका भैसकेकी छिन् । उनले, यो फाउन्डेशनबाट समाजसेवा गर्ने सोच समेत बनाएकी छिन् । महिलामाथि हुने बलात्कार, भेदभावको घटनामा आवाज उठाउने पनि उनको योजना छ ।

तर, प्रियंकाको कपडाले भने अझै पनि उनी केटाकेटी नै छिन् भन्ने दर्शाइरहेको छ । उनी, अझै पनि छोटा छोटा कपडा लगाएरै हिट हुन चाहन्छिन् भन्ने दर्शाइरहेको छ ।

फिल्म दाल भात तरकारीको गीत रिलिज कार्यक्रममा ढिलो आइपुगेकी अभिनेत्री कार्कीले स्कुलमा विद्यार्थीले लगाउने जस्तो स्कर्ट लगाइन् । तर, स्कुलमा उनले लगाएको कपडा सायदै लगाउन पाइदैन होला । किनकी, प्रियंकाको शरीरमा त्यो स्कर्ट छोटो भएको थियो ।

छोटो पनि एकदमै छोटो थियो । प्रियंकाले यो चिसो मौसममा पत्रकार सम्मेलन तात्छ भनेर पनि स्कर्ट लगाएर आएकी थिइन् होला । तर, अब प्रियंका त बिबाह गर्न तयार भएकी मात्र होइनन् फाउन्डेशनकी संचालिका पनि हुन् । यसैले अब भने केटाकेटीपना तरिकाले स्कुलको ड्रेस छोटो लगाएरै चर्चा हुन्छ भन्ने सोचेर होला र ?