आँचलको प्रेमले पललाई चिप्ल्यायो कि ?

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माले आफूहरु प्रेममा रहेको स्विकार नगरेपनि उनीहरुको प्रेम खुल्ला किताब बनिसकेको छ । पलले आँचललाई प्रेम गर्छन् भन्ने कुरा त उनको आक्रोशले भरिएको स्टाटसले पनि थाहा हुन्छ ।

आँचल शर्मा र संचारकर्मी बिच ‘दाल भात तरकारी’ फिल्मको पत्रकार सम्मेलनमा माफ माग्ने र मगाउने घटनाले पलको मन दुखेछ । उनले पत्रकारलाई अर्ती उपदेश समेत दिदै पत्रकारको जागिर समेत सिकाएका छन् ।

पलले रातको १२ बजे विमानस्थलमा बसेर रिपोटिङ गर्नु पत्रकारको जागिर हो भनेका छन् । कलाकारसँग बोल्ने तरिका सिक्न पनि उनले पत्रकारलाई अर्ती दिएका छन् । आँचल र पत्रकार बिचको यो बिषयमा पलले स्टाटस नै लेखेर अर्ती दिनु उनको आँचलप्रतिको प्रेम त होला नि होइन ? तर, पल शाहले पत्रकारलाई जागिर नै बुझाउनुपर्ने अवस्था आएको होला त ?

जागिर नै खाएको भए पनि माघको चिसोमा मध्यरातसम्म विमानस्थलमा बस्दा पत्रकारलाई जाडो, चिसो हुन्छ होला नी होइन ? कि जागिर हो भन्दैमा कलाकारले जे गरे पनि पत्रकारले लुरुलुरु जागिर नै खाइरहनुपर्ने हो ?

प्रेम अन्धो हुन्छ भन्छन् पलजी, तपाइलाई पनि यस्तै भयो कि क्या हो ?

पल शाहको स्टाटस: