आकाश र पूजाले त कपडा मिलाएरै लगाएछन्

अभिनेता आकाश श्रेष्ठ फेरी पनि पूजा शर्मासँग फिल्म खेल्न लाग्दा फिल्म बृत्तमा विभिन्न कोणबाट टिप्पणी हुने नै भयो । आकाश र पूजाको जोडीलाई दर्शकले पनि मन पराउँछन् । यही भएर पनि उनीहरुलाई नयाँ फिल्ममा लिँदा फाइदा नै हुनेछ ।

फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार सम्मेलनमा आकाश र पूजाको पहिरनको रंग पनि एउटै थियो । दुबैजना चट्ट सजिएका थिए । सो समयमा पत्रकार सम्मेलनमा सँगै आएका अभिनेता सोनम तोप्देन भने हाफ सर्टमा देखिए । उनले पनि कोर्ट त लगाएका थिए । तर, खै किन हो उनले कोर्ट पत्रकार सम्मेलन भैरहेको हलमा प्रवेश गर्नु अगावै खोले ।

आकाश र पूजाको पहिरन पनि मिलेपछि पत्रकारले त जिस्क्याउने नै भए । पहिरन मिलाउने सल्लाहा नै भएको हो कि मिलाइएको हो ? बुझ्न गाह्रो भयो है ।