पुजा, आकाश र सोनमको ‘सम्हालिन्छ कहिले मन’

- मेराेफिल्म

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्म ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा गरिएको छ । सुदर्शन थापाको निर्देशन रहने फिल्ममा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पुजा शर्मासंगै डेब्यु नायक सोनम तोप्देन मुख्य भूमिकामा रहनेछन् । फिल्ममा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्य लगायतको समेत अभिनय रहनेछ ।

अमित बस्नेतको निर्माण रहने फिल्ममा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा रहेका छन् भने फिल्मका कार्यकारी निर्माता सनिष खकुरेल हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित रहने यस फिल्मको टाइटल चर्चित गायक सुगम पोखरेलको गीत ‘सम्हालिन्छ कहिले मन’बाट राखिएको हो । त्रिकोणात्मक प्रेमकथामा आधारित रहने यस फिल्मको टाइटल चर्चित गायक सुगम पोखरेलको गीत ‘सम्हालिन्छ कहिले मन’बाट राखिएको हो । फेव्रुअरी ९ तारिकबाट सुरु हुने फिल्मको छायांकन यूके र नेपालमा हुनेछ ।

२०७५ माघ १४ गते १३:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *