शहीदहरुप्रति समर्पित प्रमोद खरेलको ‘शहीद’

शहिद दिवसको अवसर पारेर सुप्रशिद्ध गायक प्रमोद खरेलले ‘शहीद’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन् । खरेलले आफ्नै शब्द, संगीत र स्वरमा गीतबाट एउटा शहीदको अर्थमा देशको यथार्थ पस्किएका छन् ।

देशका लागि प्राण बलिदान गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति समर्पित गर्दै गायक खरेलले गीत सार्वजनिक गरेका हुन् । फणिन्द्र राईको संगीत संयोजनमा रहेको यो गीतको कार्टुन भिडियो निर्माण गरिएको छ । भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । भिडियोमा गरिएको पेन्टिङ आर्ट भने रोहन गुरुङको रहेको छ । भिडियोमा गिटारमा सुदिप सागर देखिएका छन् भने गायक खरेल समेत आफैं प्रस्तुत भएका छन् ।