साम्राज्ञी निदाउने, आर्यन खिच्ने

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको दुइवटा फिल्म यो बर्ष रिलिज भएका थिए । कायरा फिल्म हलमा गतिलो चलेन भने इन्टु मिन्टु लण्डनमा औषत चलेको हो ।

तर, कायराको पल भने साम्राज्ञीले बिर्सन सकेकी छैनन् । उनले इन्टु मिन्टु लण्डनमालाई बेवास्ता नै गरिन् । तर, कायराका निर्देशक आर्यन सिग्देलसँगको पल भने उनलाई अझै पनि याद आइरहेको छ । कायरा फिल्मको समयमा बिताएका पलले अझै पनि साम्राज्ञी रोमान्चित बनेकी छिन् ।

कायरा फिल्मको समयमा क्यामेराको पछि बिताएका पललाई साम्राज्ञीले एउटा कलाकारको वास्तविक जीवन भनेकी छिन् । उनी फिल्मको छायांकनको समयमा खुबै निदाउने रहिछन् ।

फेरि साम्राज्ञी निदाएको त देख्नै नहुने । आर्यन सिग्देलले पनि फोटो खिच्दिहाल्ने । साम्राज्ञी निदाउने, आर्यन खिचिदिने । रमाइलो खुबै भएको रहेछ नी । साम्राज्ञी यो पल अझै पनि संझिरहेकी छिन् । साम्राज्ञीले पलमात्र संझिन्छिन् कि फेरि आर्यनसँग फिल्म खेल्छिन् होला ?