फिल्म फापेन, लोकगीतमै मख्ख मरिष्का

म्यूजिक भिडियोबाट नै अभिनेत्री मरिष्का पोखरेलको उदय ग्ल्यामर क्षेत्रमा भएको हो । यो क्षेत्रमा आएपछि उनलाई फिल्मको अफर पनि आयो । फिल्ममा उनले काम पनि गरिन् । तर, फिल्म खेलेर उनलाई दर्शकले चिनेनन् । फिल्म खेलेपछि अभिनेत्रीहरुले आफूमा स्टार भएको महशुश त गर्छन्, तर त्यो महशुश मरिकाष्ले राम्रोसँग गर्न पाइनन् ।

तर, फिल्मबाट नचिनिएकी मरिष्कालाई अहिले लोकगीतबाट भने हाइहाइ छ । ‘सालको पात टपरी हुने’ बोलको गीत हिट भएपछि मरिष्कालाई दर्शकले चिन्न थालेका छन् । मरिष्का भने अहिले लोकगीत खेल्न व्यस्त छिन् । उनले रेलिमाई बोलको लोकगीत पनि खेलिसकेकी छिन् ।

मरिष्काले फिल्मको प्रमोशन त्यती धेरै गरिनन् होला जती प्रमोशन अहिले उनले सामाजिक संजालको भित्तामा लोकगीतको गरिरहेकी छिन् । मरिष्कालाई अब लोकगीत नै फापेजस्तो छ । फिल्म भन्दा बढी लोकगीतमा हिट भएपछि मरिष्कालाई अब फिल्मको नशा कम लाग्न थालेको छ । मरिष्का लोकगीतकै भ्यूजमा दंग पर्ने कि राम्रो फिल्म पनि खेल्ने ?