दीपकलाई जसो गरेपनि सुख छैन

दीपकराज गिरी र छक्का पन्जाको टिमलाई जसो गरेपनि सुख छैन । नेपालमा सबैभन्दा धेरै कमाई गर्ने फिल्मका निर्माता दीपक नै हुन् ।

दीपकराज गिरीलाई बाहिरबाट हेर्नेहरुलाई लाग्छ, उनको फिल्मले समाचारमा आएजती कमाएको सबै उनले नै लैजान्छन् । १८ करोडसम्म कमाई गर्ने फिल्मका धनी दीपकको भागमा यो सबै पैसा आउँछ । यसैले दीपकले केही लेखे कि उनलाई गाली आउँछ । फेसबुकमा उनले धुर्मुस सुन्तली फाउन्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाका लागि १ लाख सहयोग गर्ने घोषणा गरे ।

तर, यो कुरा केही दर्शकलाई पचेन । १८ करोड कमाएको फिल्मको मान्छेले १ लाख दिन्छु भन्ने, कत्ती लोभी जस्ता गाली उनको स्टाटसमा देखिन थालेका छन् । दीपकले यसको स्पष्टिकरण त दिएका छन्, तर उनले १ लाख दिने घोषण गर्दा नै गाली आउन थालेको छ ।

सहयोग नगर्दा गरेन भनेर गाली, गर्दा पनि थोरै भयो भनेर गाली । आखिर, दीपक र उनको टिमलाई जती गरेपनि सुख छैन ।