यात्रा टिजरमा सलिन र मल्लिका प्रेम भाव, नेगेटिभ भूमिकामा सलोन

अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु अभिनेत्री मल्लिका महत लगायतको मुख्य भूमिका रहेको फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’को टिजर सार्वजनिक गरिएको छ । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्मको काठमाडौँमा एक कार्यक्रमका बिच टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता सलिनमान बनियाँ र अभिनेत्री मल्लिका महतको प्रेम भाव देखाइएको छ भने अबिनेता सलोन बस्नेत नेगेटिभ भूमिकामा प्रस्तुत छन् ।

फिल्ममा सलिन, सलोन र मल्लिकासंगै जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्माको साथमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको समेत अभिनय रहेको छ ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । सम्राट शाक्यको कथा तथा निर्देशन रहेको फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।
फिल्ममा संजय लामाको छयांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।