कलाकारको पारिश्रमिकको कुराले भूवनलाई हैरान

अभिनेता भूवन केसीले आफूले नै डेब्यू गरेको फिल्म कुसुमे रुमालमा काम गरेको पारिश्रमिक नपाएको भन्दै घटनालाई मोडिदिएका छन् । उनले बनाएको फिल्म क्याप्टेनमा राजाराम पौडेल, सुनिल थापाले पनि पारिश्रमिक नपाएको खबर आइरहँदा भूवन केसीले भने आफ्नो फिल्मलाई बदनाम गराउन यो खेल खेलिएको बताएका छन् ।

भूवन केसीले संचार माध्यममा यो खबर आएपछि हैरान भएको भाव व्यक्त गरेका छन् । राजाराम पौडेलले आफूसँग त पारिश्रमिकको कुरा संचार माध्यममा नगरेको भन्दै जवाफ पाएको समेत बताउन थालेका छन् । तर, संचार माध्यममा भूवन केसीले पारिश्रमिक नदिएको खबर खुबै आइरहेको छ ।

भूवन केसीले पारिश्रमिक नै नदिने हुन् कि कलाकारले हावामा बोलेका हुन् ? भूवन केसी त आफूलाई बदनाम गराउन लागिएको भन्दै कसैले पनि क्याप्टेनलाई कमजोर बनाउन नसक्ने जवाफ दिन थालेका छन् ।

भूवन केसीले नदिएकै हो भने बरु पत्रकार सम्मेलनमा पारिश्रमिक दिएको छु भन्नु भन्दा दिएरै हैरानी कम गरे हुन्न र ?