बेनिशाको चुम्बन कसलाई हो ?

- मेराेफिल्म

अभिनेत्री बेनिशा हमाललाई नेपाली फिल्ममा अभिनय राम्रो गर्ने तर चल्न नसकेकी अभिनेत्री भन्दा फरक नै पर्दैन । बेनिशा हमालको सुन्दरतालाई भने दर्शकले रुचाएका छन् ।

बेनिशा घर फिल्ममा काम गर्दैछिन् । यो फिल्ममा बेनिशा हमालको भूमिका के छ खुलेको छैन । तर, अहिले बेनिशाको इन्स्टाग्राममा देखिने तस्बिरले, उनी कतै प्रेममा परेकी त छैनन् भन्ने बुझ्न थालिएको छ ।

बेनिशाले इन्स्टाग्राममा राखेको तस्बिरमा उनले कसैलाई रातो लिपिष्टिक लगाएको ओठ सोझ्याएरै चुम्बन गरेकी छिन् । बेनिशाले यति मात्र गरेकी छैनन्, प्रेमको कुरा पनि गरेकी छिन् ।

बेनिशाले जब मायाको शक्ति आउँछ, यसपछि संसार नै शान्त लाग्छ भनेर समेत उल्लेख गरेकी छिन् । यसको अर्थ, के बेनिशा गहिरो प्रेममा छिन् ? उनलाई मायाको नशाले अहिले संसार नै शान्त लाग्न थालेको हो ? बेनिशाको यो मायाले भरिएको चुम्बन कसका लागि हो त ?

२०७५ माघ १८ गते १८:२३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *