‘जाली रुमाल’मा केकी र रवीको रोमान्स (फोटो फिचर)

निनम हाङ राई र मेलिना राईको स्वरमा सजिएको गीत ‘जाली रुमाल’को भिडियो छायांकन सकिएको छ । तम्पासेर राईको शब्द संगीत रहेको उक्त गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा मोडल तथा व्यवसायी रवी सिंह र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ ।
सिंहले मोडलिङ क्षेत्रमा नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड, ओएस नेपाल अवार्ड लागायतमा सर्वोत्कृष्ट मोडलको अवार्ड प्राप्त गरिसकेका छन् ।
ललितपुर स्थित गोदावरी पार्क वरिपरी छायांकन गरिएको भिडियोमा सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको छ भने भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोमा बिकास दाहालको सम्पादन रहनेछ ।