भावनालाई रोजे प्रताप दासले

नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासले माघ महिनामा विवाहको कुरा गरेका छन् । उनले गायिका भावना आचार्यसँग विवाहको कुरा गरेका हुन् । तर वास्तविक जीवनमा नभै गीत मार्फत ।

नेपाल आईडल सिजन वानमा प्रताप दास निक्कै चर्चामा थिए । उनले उक्त सिजनमा तेस्रो उपाधि समेत जितेका थिए । त्यसपछि उनी निरन्तर चर्चामा छन् । उनै प्रतापको स्वरमा रहेको ‘मुलको पानी ’ बोलको सार्वजनिक गीत प्रताप दाससंगै गायिका भावना आचार्यले गाएकी छिन् ।

दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतमा चर्चित अभिनेता पल शाहले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा पललाई निशा पुरीले साथ दिएकी छिन् । देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको भिडियोको कोरियोग्राफी पनि स्वयम निर्देशकलेनै गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने सम्पादन साहिल खानले गरेका हुन् ।