फिल्मपछि राजनीतिमा युवा ज्योतिष हरीहर अधिकारी

चर्चित युवा ज्योतिष तथा फिल्म ‘शुभलभ’ का नायक हरीहर अधिकारी राजनीतिमा प्रवेश गरेका छन् । शनिबार विवेकशील साझा पार्टीको बखुण्डोलस्थित कार्यालयबाट उनले पाटी सदस्यता लिएका हुन् ।

युवा ज्योतिष अधिकारीले आफ्नो क्षेत्रमा चर्चा प्राप्त गरेसंगै फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । फिल्म प्रदर्शनको संघारमा उनले विवेकशील साझाको टिकट लिएर राजनीतिमा आउने जमर्को गरेका छन् । रविन्द्र मिश्र नेतृत्वको सो पाटी केहि समय अघि मात्रै फुटेको थियो ।