‘गुप्त’ को आइटम गीतमा सुष्मा

फिल्म ‘गुप्त’ को आइटम गीत ‘म आँख मारिदिन्छु’ सार्वजनीक भएको छ । गीतमा नायिका सुष्मा कार्कीले नृत्य गरेकी छन् । सार्वजनिक गीतमा सहिमा श्रेष्ठको स्वर रहेको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । फिल्मलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् ।

शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको फिल्मलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतको अभिनय छ ।