मलेसियामा ‘धुर्मुस-सुन्तली’

सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ को नारा बोकि अन्य केही कलाकारका साथ मलेसिया जाँदै छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ मलेसियाको बिभिन्न स्थानमा हुने ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ मा सहभागी हुन उनीहरु ५ दिनको कार्यक्रमका लागि मलेसिया जाने भएका हुन् ।

उक्त कार्यक्रम फेबु्रअरी ५ देखी १० सम्म मलेसियाका ३ सहरहरुमा हुनेछ । धुर्मुस सुन्तलीसंगै चर्चित कलाकारहरु बद्री पंगेनी, मेलिना राई, सम्झना भण्डारी लगायतको प्रस्तुति कार्यक्रममा रहने छ ।