जनकपुरमा मुख्यमन्त्रीको साथमा ‘सिएमसी सप्तरङ्ग’

माघ १८ गते देखी फागुन २ गते सम्म गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा सातै प्रदेशमा भैरहेको ‘सिएमसी सप्तरङ्ग’ कार्यक्रमको दोश्रो प्रस्तुति प्रदेश नम्बर २ को जनकपुरमा आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा  प्रदेश नम्बर २का मुख्य मन्त्री महोमद लाल बहादुर राऊतले सातै प्रदेशका कलाकार तथा खेलाडीलाई सम्मान, सद्भाव र ऐक्यवद्दता प्रदान गरे । कार्यक्रम प्रदेश नम्बर २ का पर्यटन मन्त्री राम नरेश रायद्वारा समुद्घघाटन भई प्रमुख जिल्ला अधिकारी यज्ञ राज कंडेलद्वारा समापन भएको थियो । यस पछिको कार्यक्रम प्रदेश नम्बर ३मा  माघ २२गते चितवन नारायणगडमा हुनेछ ।

यस साङ्गितिक यात्रामा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट लगायतले सातै प्रदेशमा आयोजना हुने कार्यक्रममा आफ्नो प्रस्तुती राखिरहेका छन् ।

सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजी गरिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताएका छन् ।