केकीलाई रविको ‘जालीरुमाल’

निनम हाङ राई र मेलिना राईको स्वरमा सजिएको गीत ‘जाली रुमाल’ सार्वजनिक भएको छ । तम्पासेर राईको शब्द संगीत रहेको उक्त गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा मोडल तथा व्यवसायी रवि सिंह र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ । डान्सिङ शैलीको गीतमा रवि र केकी दुबैले सुन्दर नृत्य पस्केका छन् ।


सिंहले मोडलिङ क्षेत्रमा नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड, ओएस नेपाल अवार्ड लगायतमा सर्वोत्कृष्ट मोडलको अवार्ड प्राप्त गरिसकेका छन् ।
ललितपुरस्थित गोदावरी पार्क वरिपरि छायांकन गरिएको भिडियोमा सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको छ भने भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोमा विकास दाहालको सम्पादन रहनेछ ।