क्याप्टेनको ‘कर्ली कर्ली’ मा अनमोल, भुवन र निरुता

सोमबार ललितपुरको एक पार्टी प्यालेसमा फिल्म क्याप्टेनको गीत ‘कर्ली कर्ली’ को छायांकन सम्पन्न भएको छ  । मेलिना राई र एसडी योगीको आवाजमा तयार भएको यो गीतमा एसडीकै शब्द तथा संगीत छ । गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी छन् । गीतमा अनमोलका पिता तथा नायक भूवन केसीलाई पनि आफ्नै स्टाइलमा देख्न पाइनेछ । अनमोल र भूवनको साथमा नायिका निरुता सिंह समत गीतमा रहेकी छन् ।

फागूण १७ गतेबाट रिलिज हुने यस फिल्ममा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् । दिवाकर भट्टराइको  निर्देशनमा तयार भएको फिल्ममा सुदिप बरालको छायांकन छ । यो गीत केही दिनमै रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । कलाकारको पहिरनको डिजाइन स्वर्णिम राइले गरेकी हुन् ।