हट फोटोमै रमाउने हो सुरविना ?

अभिनेत्री सुरविना कार्की अहिले भारतमा छिन् । भारतको मुम्बइमा बसेकी सुरविना बलिउडलाई टार्गेट बनाउँदैछिन् ।

नेपाली फिल्म नचल्दा अमेरिका भासिने कलाकारको सूची लामो छ । तर, सुरविना नेपाली फिल्ममा नचले पनि उनी बलिउडमा केही गर्छु भनेर लागेकी छिन् । उनले सफलता पाउलिन् या नपाउलिन्, चाडै नै थाहा हुनेछ । सुरविनाले आफूलाई अभिनयमा पोख्न बनाउन विभिन्न खालको अध्ययन गरेकी पनि छिन् । तर, नेपाली फिल्म खेलेजस्तो सहज बलिउडमा छैन ।

तर, मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकी सुरविनाले नेपालमै गरिरहेको एउटा काम छाडेकी छैनन् । नेपालमा हुँदा पनि ताता तस्बिर खिचाउने उनको तरिका थियो । मुम्बइमा पनि उनी ताता तस्बिर खिचाउँनमा नै व्यस्त छिन् ।

सामाजिक संजालतिर उनले राख्ने तस्बिर ताता छन् । जसले उनलाई फ्यानमाझ नजिक त बनाएको होला । तर, यस्तै हट फोटो खिचेर मात्र बस्ने हो कि बलिउड फिल्म पनि खेल्ने हो सुरविना जी ? ताता फोटोले त करिअरलाई सधै जोगाउदैन होला ?