भ्यालेण्टाईन स्पेशल गीत ‘आई लभ यु’

निशु ढकालले प्रणय दिवसलाई लक्षित गर्दै गीत ‘आई लभ यु’ सार्वजनिक गरेकी छन् । गीतमा स्वर, शब्द तथा संगीत नै ढकालको रहेको छ । नविन के तिमल्सिनाको संगीत संयोजन रहेको गीतको भिडियोमा नविन श्रेष्ठ र स्मारिका ढकालको अभिनय रहेको छ । सुनिल शाहीको छायांकनमा तयार भएको भिडियोलाई नविन के तिमल्सिनाले निर्देशन तथा सम्पादन गरेका छन् ।