नारायणघाटमा ‘सिएमसी सप्तरङ्ग’

माघ १८ गते देखी फागुन २ गते सम्म गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा सातै प्रदेशमा भैरहेको ‘सिएमसी सप्तरङ्ग’ कार्यक्रमको तेस्रो प्रस्तुति प्रदेश नम्बर ३ को नारायणघाटमा सम्पन्न भएको छ । यस अघि प्रदेश नम्बर १ र २ मा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम भरतपुर महानगर प्रमुख रेणु दाहालको हातबाट समुद्घघाटन भएको हो । यस पछिको कार्यक्रम प्रदेश नम्बर ४ मा हुनेछ ।

यस साङ्गितिक यात्रामा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट लगायतले सातै प्रदेशमा आयोजना हुने कार्यक्रममा आफ्नो प्रस्तुती राखिरहेका छन् ।