जब डार्लिङ आर्यनलाई प्रियंकाले बिरालो बनाइन् !

अभिनेत्री प्रियंका कार्की आफ्ना सहकर्मीसँग नजिकको सम्बन्ध बनाउन सिपालु छिन् । प्रियंकाको यो बानीले नै हो उनलाई सबै कलाकारसँग काम गर्नका लागि सहज भएको छ ।

प्रियंका अहिले फिल्म हजार जुनी सम्ममाको छायांकन गर्न सिक्किम पुगेकी छिन् । सिक्किममा अभिनेता आर्यन सिग्देल यो फिल्मको छायांकनमा महिना दिनदेखि छन् ।

प्रियंका र आर्यनको जोडीले आधा दर्जन फिल्ममा काम गरिसकेको छ । यसैले पनि उनीहरुको निकटताको बारेमा धेरै बयान गर्न आवश्यक छैन ।

अभिनेता आर्यन सिग्देलसँग भएपछि प्रियंकाको इन्स्टा मोह झनै बढ्ने नै भयो । अहिले त कलाकारलाई इन्स्टामा चटपटे फोटो राख्न कसले रोक्न सक्छ र ?

अभिनेत्री कार्कीले पनि अभिनेता आर्यनलाई मेरो डार्लिङको स्टार भन्दै विरालो बनाइदिएकी छिन् । आर्यन र प्रियंका दुबै बिरालो बन्दा फन्नी देखिएका छन् ।

यो फिल्ममा आर्यन र प्रियंकाको जोडी नै हो देखिएको । यसैले पनि यो जोडीलाई फेरि दर्शकले कसरी लिन्छन् भन्ने पनि छ । तर, सुटिङमा डालिङ आर्यनको बिरालो रुप भने रमाइलो छ है ।