बलिउडमा देव आनन्दका नातिको इन्ट्री

बलिउडमा हाल स्टार किडहरुको इन्ट्री भइरहेको छ । धेरै स्टार किडले बलिउडमा राज गर्न थालिसकेका छन् । जान्वी कपुर, सारा अलि खान, इशान खट्टर लगायतले बलिउड डेब्यु गरिसकेका छन् । यहि बर्षबाट अभिमन्यु दसानी, अनन्या पाण्डे, करण देवल लगायतले बलिउड इन्ट्री गर्न लागेका छन् ।

यहि लिस्टमा एक अर्को नाम थपिन लागेको छ । चार्मिंङ र हेन्डसम हिरो देव आनन्दका नाति ऋषि आनन्द पनि चाडै नै बलिउड डेब्यु गर्न गइरहेका छन् । भारतीय संचार माध्यमका अनुसार ऋषि, गोबिन्दाको सुपरहिट फिल्म ‘साजन चले ससुराल’ को रिमेक मार्फत डेब्यु गर्न गैरहेका छन् ।

फिल्मको काम समेत सुरु भैसकेको छ । यस फिल्ममा चंकी पाण्डे, आर्य बब्बर, हेमन्त पाण्डे, इशिता राज लगायत कलाकारको अभिनय रहेको छ । फिल्म ‘साजन चले ससुराल’ १९९६ मा आएको थियो । फिल्ममा गोविन्दा, तब्बु र करिश्मा कपुरको अभिनय रहेको थियो ।