मलेशियामा क्रिकेट खेल्दै धुर्मुस-सुन्तली (फोटो फिचर)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ मलेसिया पुगेका धुर्मुस र सुन्तलीले आफ्नो प्रस्तुति  देखाएका छन् । नेपालमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला घोषणा गरे लगतै पहिलो प्रस्तुतिको लागि मलेसिया आएका  हास्य कलाकर सिताराम कट्टेल, कुन्जना घिमिरे लोक गायक बद्धी पंगेनी, आधुनिक गायीका मेलिना राई, लोक गायीका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ्गको उपस्थिति र प्रस्तुतिमा कार्यक्रम सम्पन्न भयो ।

धुर्मुस सुन्तली ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तिनशारमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको थियो । जसअन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुरुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको छ । यसैगरी अब, क्वालालम्पुर र पेनाङ पश्चात फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ । झन्डै तिन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेका छन् ।