यो अनुहार छोप्ने को को हुन्, चिन्नुहुन्छ ?

सबै कुरा देखाएर अनुहार छोप्नुको अर्थ के होला र ? तर, पनि अनुहार छोपेरै भएपनि केही छिनलाई लुक्न खोज्ने यी दुई कलाकार को होलान्, जो फोटोमा देखिएका छन् ।

यसको जानकारी हामी दिने छौ । अभिनेत्री प्रियंका कार्कीले अभिनेता आर्यन सिग्देलसँग फेरि हजार जुनी सम्म फिल्ममा जोडी बनाएकी छिन् । आर्यन र प्रियंका सिक्किमको चिसो हिउमा रोमान्टिक बनेका छन् ।

प्रियंकाको इन्स्टाग्राममा अहिले आर्यन र उनको फोटो मात्र छ । तर, यही एउटा फोटोमा भने प्रियंकाले अनुहार लुकाएकी छिन् ।

इन्स्टाभरी दुई जनाको तस्बिर राखेर एउटा लुकाउँदमा दर्शकमा कुनै खालको कौतुहलता हुन्छ र ? अभिनेत्री कार्की फिल्मको तस्बिर सार्वजनिक गर्ने कुरामा सबैभन्दा अघि छिन् । यही भएर पनि कुनै फिल्ममा प्रियंकाको गेटअप लुकाउन खोज्ने निर्माताको चाहना अपुरो नै हुन्छ । प्रियंका फिल्ममा भन्दा इन्स्टामा हिट छिन् भन्ने सबैलाई थाहा छ ।

यसपटक उनी र आर्यनले हिउको चिसोमा रोमान्स गरेका छन् । तर, अनुहार लुकाएर कार्कीले कसलाई कौतुहलतामा राख्न खोजेकी होलिन् खै ?