सिड्नीमा नेपाल आइडल टिमको प्रस्तुति

नेपाल आइडलका टप ६ प्रतिष्पर्धीले शुक्रबार सिड्नीमा प्रस्तुति दिने भएका छन् । अस्ट्रेलियाको सांगीतिक यात्रामा रहेका नेपाल आइडलको दोस्रो संस्करणका विजेता रवि ओडसँगै, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी कार्यक्रममा सहभागी हुने छन् ।

सिड्नीको टाउनहल स्थित सार्क होटलमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनीहरु कोरियाबाट सिड्नी आइपुगेका हुन् । अष्ट्रेलियाका पर्थ, व्रिसबेन र मेलबर्नमा आयोजित सांगीतिक कार्यक्रम सकेर उनीहरु कोरिया पुगेका थिए। कार्यक्रम नेपाली टचको आयोजनामा भैरहेको छ  ।