बुटवलमा सम्पन्न भयो ‘सिएमसी सप्तरङ्ग’

माघ १८ गते देखी फागुन २ गते सम्म गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा सातै प्रदेशमा भैरहेको ‘सिएमसी सप्तरङ्ग’  महायात्रा अन्तर्गत प्रदेश नम्बर ५ मा कार्यक्रम सम्पन्न भएको छ ।  बुटवलमा आयोजना भएको कार्यक्रम स्थानीय मामिला तथा कानून मन्त्री कुल बहादुर केसीले समुद्घाटन गरका थिए भने तिल्लोतम्मा नगरपालिकाका मेयर वासुदेव घिमिरेको स्वागतसंगै बुटवल यात्रा सम्पन्न भएको थियो । अब आगामी कार्यक्रम प्रदेश नं ६ अन्तर्गत सूर्खेतमा हुनेछ ।

यस साङ्गितिक यात्रामा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट लगायतले सातै प्रदेशमा आयोजना हुने कार्यक्रममा आफ्नो प्रस्तुती राखिरहेका छन् ।