ब्रेकिङ : केशव भट्टराईको नाम बोर्डको अध्यक्षमा सिफारिस, सोमवारसम्म पदवार सम्हाल्ने अनुमान

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराईको नाम नेकपाबाट मन्त्रालयमा सिफारिस भएको छ । तत्कालिन अध्यक्ष निकिता पौडेलले राजिनामा गरेपछि रिक्त रहेको अध्यक्ष पदको लागि नेकपा निकट चलचित्र क्षेत्रका सल्लाहकार संयोजक दिनेश डिसी र नेकपाको जनसाँस्कृतिक संघको तर्फबाट अध्यक्ष खगेन्द्र राईले संयुक्त रुपमा नेकपामा केशब भट्टराईलाई अध्यक्ष बनाउन सिफारिस गरेका हुन् । नेकपा निकट नेताहरुले भट्टराईको नाम सिफरिस गरे लगतै सुचना तथा संचार मन्त्री गोकुल बास्कोटालाई जानकारी गराएका छन् ।

आउँदो आईतवारबाट प्रक्रिया अर्थात नियुक्तीबाट केशब भट्टराई अध्यक्ष बन्ने निश्चित जस्तै भएको स्रोतले बताएको छ । गत आइतबार संचार तथा सूचना प्रबिधि मन्त्रालयले विभिन्न विभाग तथा बोर्डहरुलाई प्रगति विवरण पेश गर्ने गरि चौमासिक बैठक बोलाएको थियो । उक्त बैठकमा मन्त्रालय अन्तर्गतको सबै बोर्ड तथा विभागीय प्रमूखहरु उपस्थित हुदाँ चलचित्र विकास बोर्डबाट अध्यक्ष निकिता पौडेल उपस्थित भएकी थिईनन् । त्यस लगतै मन्त्री गोकुल बास्कोटाले उपस्थित नहुनुको स्पष्टिकरण माग गरेका थिए । स्पष्टिकरण माग गरेपछि अध्यक्ष पौडेलले प्रगति प्रतिवेदन सहित आफ्नो राजिनामा पनि पेश गरेकी थिईन् । राजिनामा पत्र बुधवार (२३ माघ) मन्त्री गोकुल बास्कोटाले स्विकृत गरिसकेका छन् ।

अध्यक्ष निकिता पौडेलको राजिनामा स्विकृत भईसकेपछि बोर्ड अध्यक्ष विहीन भएको छ । खालि भएको अध्यक्ष पदको लागि केशब भट्टराईको नाम अग्रस्थानमा सिफारिस भएको हो । सिफारिसमा दिनेश डिसी र खगेन्द्रसँगै दयाराम दाहाल र केशब भट्टराई पनि उपस्थित भएका थिए । आईतवार नै केशब भट्टराईले अध्यक्ष पद सम्हाल्ने अनुमान गरिएको छ । अन्यथा सोमवार या मंगलवार पदभार ग्रहण गर्ने निश्चित जस्तै भएको छ । यस विषयमा विष्तृत समाचार हामी चाँडै प्रकाशन गर्नेछौं ।