प्रियंका-आयुष्मानको ‘ह्यापी भ्यालेन्टाइन’

किरण गजमेरको प्रणय दिवस बिशेष गीत ‘ह्यापी भ्यालेन्टाइन’ सार्वजनिक भएको छ । केदार उप्रेतीको शब्द रहेको गीतमा स्वर, संगीत किरण गजमेरको रहेको छ भने संगीत संयोजन मोहित मुनालले गरेका हुन् । सुबोल थापाको कोरियोग्राफी रहेको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । रियल जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको भिडियोको छायांकन बुद्ध थापाले करेका छन् भने सम्पादन बिकाश धमलाको रहेको छ ।