२१ दिनमा सकियो अर्पण, सुरक्षा र बेनिशाको ‘घर’

डीएस डिजिटलको ब्यानरमा बनेको फिल्म ‘घर’को छायांकन २१ दिनमा सम्पन्न भएको छ । यही माघ ७ गते छायांकन सुरु गरिएको फिल्म २१ दिन अर्थात माघ २८ मा सम्पन्न भएको हो ।  हरर कथामा निर्माण भएको फिल्ममा अभिनेता अर्पण थापा, अभिनेत्री द्वय सुरक्षा पन्त र वेनिशा हमालसंगै अस्मिता खनालको मुख्य भूमिका रहेको छ ।

शर्मिला पाण्डेको निर्माण रहेको फिल्म अभिनेता तथा निर्देशक अर्पण थापाले निर्देशन गरेका छन् भने सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् । फिल्मको कथा समेत अर्पणले नै लेखेका हुन् । फिल्ममा निरज कँडेलको छायांकन रहेको छ ।