विना मेकअपको तस्बिर हाल्न साम्राज्ञीलाई कसको दबाब ?

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक संजालमा आफ्नो फोटो धेरै हालेको देखिन्छ । तर, साम्राज्ञीले विना मेकअपका तस्बिर राख्दिनन् । कलाकारले विना मेकअप गरेर बाहिर त हिड्दैनन् भने सामाजिक संजालमा राख्ने कुरा पनि त आउँदैन । साम्राज्ञीले पनि हाई मेकअपको तस्बिर मात्र राख्दै आएकी थिइन् ।

तर, उनलाई सोमबार खै के कुराले उत्प्ररित गर्यो कुन्नी ? उनले म विना मेकअप यस्ती छु भनेर फोटो राखेकी छिन् । साम्राज्ञीले विना मेकअपको तस्बिर राख्नका लागि डिमाण्ड आएकाले राखेको पनि लेखिन् ।

साम्राज्ञीलाई विना मेकअपको तस्बिर राख्न दबाब दिने को हुन् ? साम्राज्ञीका फ्यानले नै उनलाई विना मेकअपको तस्बिर पनि राख्नुहोस् भन्दै दबाब दिएका थिए । फ्यानका कुरा मानेर हो या विना मेकअप पनि म राम्री छु भनेर देखाउन हो उनले विना मेकअपको तस्बिर राखिदिइन् ।

अब, विना मेकअप उनलाई हेर्न चाहने दर्शकलाई उनी कस्तो लाग्यो कुन्नी ?