नेपाली नोटमा साइन गर्न हुन्न भन्ने आशिरलाई थाहा थिएन ?

जनकपुरमा फिल्म राज्जा रानीको प्रमोशनको क्रममा अभिनेत्री केकी अधिकारीले नेपाली नोटमा हस्ताक्षर गरेपछि विवाद भयो । अभिनेत्रीले यो कुरामा माफी मागिन् । किनकी, नेपालको कानुनले नै नेपाली नोटमा केरमेट वा केही लेख्न नपाउने व्यवस्था गरेको छ ।

फिल्म ब्रेकअपको प्रमोशन गर्न पुल्चोक क्याम्पसमा पुगेका अभिनेता आशिरमान देशराज जोशी पनि झन्डै विवादमा परेका छन् । उनले, फ्यानले दिएको एक हजारको नोट मै अटोग्राफ दिए ।

अटोग्राफ दिएपछि उनलाई बल्ल थाहा भयो कि, नेपाली नोटमा सिग्नेचर गर्न हुन्न । उनले नेपाली नोटमा केरमेट गरेपछि माफी पनि मागे ।

नेपाली कलाकारहरुले आवेगमा आएर जता पनि अटोग्राफ दिने गर्छन् र पछि पछुताउछन् । पढेका आशिरमान यो कुरामा किन फसेका होलान् ? कि उनलाई यो कुरा थाहा नै थिएन ।

तर, यो कुरामा अन्य कलाकार अब बच्न आवश्यक छ । फ्यानले अटोग्राफ मागे भन्दैमा आवेगमा आएर नोटमा सिग्नेचर नगर्ने कि ?