फिल्म ‘बैनाबट्टा’ शुभमुहुर्त

फिल्म ‘बैनाबट्टा’ को शुभ मुर्हत सम्पन्न भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरी फिल्मको शुभ मुर्हत गरिएको हो । सुम्हात्लुङ फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई राज चाम्लीङ्गले निर्देशन गर्नेछन् । फागुनको पहिलो साताबाट छायांकन हुने यो फिल्म सुदुरपूर्वी जिल्लामा बसोबास गर्ने आदिबासी जनजातीहरुको विषयबस्तुमा आधारीत रहने निर्देशक राज चाम्लीङ्गले बताए ।

प्रेम लावतीको निर्माण रहेको यस फिल्ममा अधिकांस नयाँ कलाकारहरु रहेका छन् । फिल्ममा देवेन्द्र नेम्वाङ्ग, कविता राई, बाबु मोक्तान, रश्मीला तामाङ्ग, अर्जुन श्रेष्ठ, पूर्ण पोर्यटेल, नरेश वानेम, रिया सुब्बा , रोम सिंह लिम्बु, प्रकाश थेबे र निरा राईलगातले अभिनय गरेका छन् । फिल्ममा बुद्धराज इङवा, राज चाम्लीङ्ग र संतोष राईको संगीत रहेको छ । दिपक लिम्बु,  मेलिना राई, संतोष राई,  दिपा लामा, राज लिम्बु, करुवा राई र दिप्सन लिम्बुले फिल्मका गीतमा आवाज दिएका छन् । फिल्म करीब ४० लाख रुपैया लागतमा बन्न लागेको हो ।