सलिनलाई दबाव कसको ? अनमोलको या व्यापारको ?

अभिनेता सलिनमान बनियाँलाई दोश्रो फिल्म रिलिज नहुँदा नै स्टारडमको ठूलो ढुंगाले थिचेको छ । नेपालमा कुनै कलाकार एउटा फिल्म खेल्ने वित्तिकै स्टार हुने र अर्को नचल्दा खुम्चने अवस्था छ । यसैले पनि हो, सलिनमान बनियाँ अहिले चैत्र २९ गते रिलिज हुन लागेको फिल्म यात्रा माथि दबाब महशुश गरिरहेका छन् ।

सलिनमानको यात्रा, के सलिनको स्टारडम चम्किएला ? के सलिनले जोगाउलान् यात्रा ? के सलिनले उठाउलान् ९ करोड ? यस्ता समाचारले सलिनमानमाथि अझै दबाब थोपरेको छ ।

सलिनमान पनि आफूमाथि यात्राको दबाब भएको बताइरहेका छन् । तर, सलिनले लिएको दबाब यात्राको व्यापारको हो या अरु केहीको ? किनकी, सलिनमानसँग फिल्म क्षेत्रमा सफल अभिनेता अनमोल केसी भिड्दैछन् । अभिनेता अनमोल केसीको ए मेरो हजुर ३ पनि यात्रासँगै आउँदैछ ।

अनमोलको फिल्म आउँदा आफूलाई असर गर्ने सलिनले पनि वुझेका छन् । यसैले  उनले भन्दै आएको दबाब यात्राको व्यापारको हो या अनमोलको ?