‘दिलराजा दिलरानी’ आंचल-पल

बीबी अनुरागी र इन्दू बानियाँको भ्यालेन्टाइन डे स्पेशल गीत सार्वजनिक भएको छ । बीबी अनुरागी तथा इन्दु बाँनियाको युगल स्वरको ‘दिलराजा दिलरानी’ गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । गीतमा बीबी अनुरागीको संगीत तथा एरेन्जमेन्ट रहेको यस गीतलाई सुमन श्रापितले लेखेका हुन् । गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशनमा बनेको यस गीतको भिडियोमा रोमान्टिक जोडी पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन् । नवराज उप्रेतीद्वारा छायाङ्कन गरिएको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।